कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
2024/04/12, 2:07
 
hvddgsuh

 कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट एक लाख ८० हजार बढीको अवैध सामान बरामद गरिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका ७ कालिमाटीस्थित भित्री सडकखण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार ३४० मूल्यको प्याज, जुता, चप्पल, ललिपप, पानीपुरी, मिश्री, प्लाष्टिक, नरिवल, सुर्ती लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका २ भाँसी, भीमदत्त ११ चौकीसत्ता, बेलौरी नगरपालिका १ हनुमान मन्दिर नजिक र बेलौरी ८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २९ हजार ६३० मूल्यको चिनी, खाने तेल, केराउ, पास्ता, कोट कपडा, जुता, ब्रोइलर कुखुरा, माछा लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।