
थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

सागरले स्यान्चमा १३४, क्लिन एन्ड जर्कमा १७२ तथा कूलमा ३०६ केजीको नयाँ कीर्तिमान कायम गरेका हुन्। सागरले तीन वटैमा आफ्नौ नाममा रहेको कीर्तिमान सुधार गरे। यसअघि उनले क्लिन एन्ड जर्कमा १७१, स्न्याचमा १३३ र कूलमा ३०३ केजीको कीर्तिमान कायम गरेका थिए।
यी कीर्तिमान उज्वेकिस्तामा भएको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिप तथा चीनमा भएको एसियाली खेलकुदमा बनेका थिए। कञ्चनपुरको महेन्द्रनगर घर भएका सागरले नेपालको ४४ वर्षको इतिहासमा भारोत्तलनमा सर्वाधिक भार उचाल्ने खेलाडीको रेकर्ड बनाएका हुन्। सागर अब ओलम्पिक खेल्ने सम्भावित खेलाडीको शिर्ष स्थानमा छन्।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/04/15, 4:05
2021/10/28, 6:04
2022/10/06, 10:56