बैतडीको गढी क्षेत्र आजबाट खुल्ने भएको छ । दशरथचन्द नगरपालिकाले बन्द रहेका सेवा माघ २ गतेबाट सुचारु गर्ने निर्णय गरेको जानकारी दिएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको थियो ।
सो नगरपालिकाले माघ ६ गतेसम्म गढी क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । नगरपालिकाले एक सूचना जारी गर्दै सिल भएको समयमा पनि सरकारी कार्यालयहरुबाट धमाधम सेवा प्रवाह भएपछि ति कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु नगरपालिका बन्दले प्रभावित भइरहेका र हाल संक्रमण दर समेत घट्दो क्रममा रहेकाले २ गतेबाट खोल्ने निर्णय गरेको जनाएको छ ।
2024/04/28, 3:51
2024/04/28, 3:48
2024/04/28, 3:47
2024/04/28, 3:45
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/18, 12:39
2020/10/22, 3:21
2021/05/10, 5:55
2022/11/06, 1:10