चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने
2022/06/04, 12:53
 
aale

पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।  

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।