धनगढीमा सात दिने सी डिप्लोमा कोचिङ कोर्ष सुरु 
2024/04/26, 6:41
 
ss

एफसी कोचिङ कन्भेन्सन, एएफसी सी डिप्लोमा कोचिङ कोर्ष आजदेखि सञ्चालन भएको छ । कैलाली जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा ७ दिने कोर्ष सुरु भएको हो ।

कार्यक्रमको मुख्य प्रबद्र्धक रहेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले कार्यक्रमको उद्घाटन गरे । सो क्रममा बोल्दै सदस्य सचिव सिंहले खेलकुदको विकासका लागि परिषदले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले खेलकुदको विकास गर्न लगानी गर्न आवश्यक रहेको औल्याए ।  उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष जितेन्द्र कुमार बोगटी बोसले गरेको थिए भने कार्यक्रम सञ्चालन कैलाली जिल्ला फुटबल संघका महासचिब ललित मिश्र गरेका थिए ।
एएफसी सी डिप्लोमा कोचिङ कोर्षमा २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । उनीहरुलाई विहान लिखित कक्षाहरु र साँझ प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेछन ् ।