
लगातार पाँच दिन सम्म कोरोना संक्रमित नभेटिएको धनगढी उपमहानगरपालिकामा आज १० जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा पहिलो पटक चैत १४ मा कोरोना पुष्टि भएकोमा पछिल्लो ६ दिनमा भने नयाँ संक्रमण देखिएको थिएन्। तर धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप पाँच महिला र पाँच पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

आज धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का दुई महिला र दुई पुरुष गरी चार जना, वडा नम्बर १ का एक महिला र एक पुरुष गरी दुईजना, वडा नम्बर ५ की एक महिला, वडा नम्बर १३ का एक पुरुष, वडा नम्बर १२ की एक महिला र वडा नम्बर १४ को एक पुरुष रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
यो सँगै धनगढी उपमहानगरपालिकामा संक्रमितको संख्या ९१ पुगेको छ। धनगढीका १९ वटै वडामा कोरोना संक्रमण फैलिएको छ। चैत १४ गते पहिलो पटक धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का पुरुषमा संक्रमण पुष्टि भएको थियो।
