एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखाले आईतवार मृत्यु दावीको चेक हस्तान्त्रण गरेको छ । स्व. अंश कठायतका वुबा भक्त बहादुर कठायतलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको हो । दिपायल शाखाका प्रबन्धक नवराज पण्डितका अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको उनलाई रू ३ लाख ४४ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले चेक हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले खड्काले भने मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
स्व कठायतले २०७५ सालमा ३ लाखको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए, जस्मा ६० हजार मात्रै जम्मा गरेको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले बताए ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष नारायण साउँदले भने, एशियन लाईफ ईन्स्योरेन्सले मृत्यु दावी वाफतको रकम समय मै दिएकोमा खुसी व्यक्त गरे । एशियन लाईफ डोटीमा सबै भन्दा पहिले स्थापना भएको हो भने यसमा अहिले सम्म डोटी बाट मात्रै २५ हजार बढीले जिवन बिमा गरेको पण्डितले बताए ।