बाजुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु
2023/12/01, 11:42
 
lrttryre

 बाजुरामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमाली गाउँपालिका–६ बोल्ढिकमा लु.१.ज.४८२९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मुगु खत्याड गाउँपालिका–९ नखर्जी बस्ने २८ वर्षीय मदन सार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।