
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी सम्मानित भएका छन् ।

धनगढी उपमहानगरपालिका – ६ मटियारीमा अवस्थित राइजिङ स्टार इङ्लिस स्कुलले शुक्रवार आफ्नो ७ औँ वार्षिकोत्सव प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जोशीलाई सम्मानित गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य धर्म पाठक र विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले उपकुलपति जोशीलाई दोसल्ला र अभिनन्दन पत्रसहित सम्मानित गरेका थिए।

विगत ३५ वर्षदेखि शिक्षा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा जोशीले पुर्याएको विशिष्ट योगदानका लागि उपकुलपति जोशीलाई राइजिङ स्टार सम्मान प्रदान गरिएको प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43