सुदूरपश्चिममा भारी बर्षा, सतर्कता अपनाउन आग्रह
2020/07/29, 7:25
 
pahiro

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा बर्षा भईरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको विभागले जनाएको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरू भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।