‘खराब अवस्था आउन दिँदैनौँ’– सामाजिक विकास मन्त्री सुवेदी
2020/05/20, 10:08
 
sima

अहिले सुदूरपश्चिममा कोरोनाका बिरामी नरहे पनि भारतबाट आउने नेपालीको संख्या बढिरहेको र भारतमा यातायात खुकुलो भएसँगै नेपाल फर्किने ओइरिन थालेका छन् । तर प्रदेश सरकारले भने कुनै तयारी गरेको छैन् । यसैको विषयमा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसँग कुराकानी गरेका छौं । 

भारतबाट नेपालीहरू भित्रिने क्रम सुरु भयो । के छ तयारी ?
हामीले १० हजार शड्ढयाका क्वारेन्टिन बनाएका छौँ । त्यहाँ अहिले १७ सयको हाराहारीमा मात्रै मान्छे छन् । आठ हजारभन्दा बढी मानिस अहिले नै क्वारेन्टिन गर्ने क्षमता हामीसँग छ । अझ त्यसमा पनि मन्त्री परिषद्को निर्णयले थप १५ हजार बेड थपेर २५ हजार बनाउने निर्णय भइसकेको छ । भारतबाट आएका नेपालीहरू खुवाउन र बसाउनका लागि हामी सक्षम छौँ ।


भारतबाट लाखौँ मानिस आए भने स्थिति भयावह हुन्छ भनेर विज्ञहरूले चेतावनी दिइरहेका छन् त ? 
प्रदेश सरकार सबै व्यवस्थापनमा लागिरहेको छ । २५ हजार क्वारेन्टिन बेडले पनि पुगेन भने हामीले जिल्ला सदरमुकामका होटल पनि हेरेका छौँ । होटल व्यवसायीहरूसँग कुरा पनि भएको छ । सबैले होटल दिन्छौँ भनेका छन् । प्रदेशभरि अहिले १ सय ३६ आइसोलेसन बेड छन् । त्यसमा पनि ५० शड्ढयाको धनगढीमा छुट्टै कोरोना अस्पताल बनिसकेको छ । एक÷दुई दिनमा त्यो हस्तान्तरण हुने तयारीमा छ । कञ्चनपुरमा पनि ५० शड्ढयाको छुट्टै कोरोना अस्पताल बनिरहेको छ । त्यसको निर्माण अन्तिम चरणमा छ । अहिले हामीसँग पीसीआर प्रविधिमै झण्डै एक हजार जनाको कोरोना जाँच गर्नका लागि किट र केमिकल छ । तीन हजार आरडीटी किट मौज्दात छन् । त्यसैले आत्तिनुपर्ने अवस्था छैन । 

परीक्षण त कछुवाको गतिमा भइरहेको छ ? कसरी पत्ता लाग्छन् त संक्रमित ?
सुरुमा परीक्षणको गति तीव्र थियो । फेरि टेस्टका लागि पनि संघ सरकारको निदेर्शिका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका लागि सबैलाई टेस्ट गरिहाल्नुपर्छ भन्ने पनि छैन । विदेशबाट आएका सबै पोजिटिभको सम्पर्कमा आएका व्यक्ति, आफन्त, परिवार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत व्यक्ति भनेर संघको गाइडलाइनले नै तोकिदिएको छ । घरमा बसिरहेका व्यक्तिलाई त कोरोना सर्दैन नि । त्यसैले टेस्टको पनि विधि छ । त्यो कार्य्विधिमा आउने कसैलाई पनि हामीले टेस्टको दायरामा छुटाएका छैनौँ ।

प्रदेश सरकारले कुरा मात्र ग¥यो, काम गरेन भनेर आलोचना भइरहेको छ नि ? 
सकारात्मक आलोचना ग्रहणयोग्य छ । तर, पूर्वाग्रही भएर गरेको आलोचनाले कसैलाई पनि फाइदा गर्दैन । तीन÷तीन पटक टेन्डर प्रकाशित गर्दा कसैको पनि उपकरण, औषधि सप्लाईको टेन्डर पर्दैन । परेकाले हामीलाई चाहिएको समयमा सप्लाई गर्न सक्दैन भन्छन् । कसैले विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको टेन्डर हाल्छन् भने कसरी समयमा काम गर्नु ? तैपनि सरसामान जुटेसम्मका काम भएका छन् । कोरोनाका पाँच जना बिरामी स्वास्थ्य सेवा पाएर निको भएर घर पनि फर्किसके । के यो काम होईन ?

तपाईंले भन्नुभयो, १० हजार क्वारेन्टिन बेड छ, भारतबाट मात्रै एक दिनमा १८ हजार मानिस आएका उदाहरण पनि छ । त्यस्तै भयो भने के गर्नुहुन्छ ? 
त्यतिबेला सीमानाका खुला थियो । पछि जान पाइँदैन कि भनेर धेरै मानिस एकैपटक आए । तर, अहिले भारतमा पनि लकडाउन छ, अनि नेपालमा पनि । दुवै देशका सीमा सिल छन् । त्यसैले हाम्रो क्षमताअनुसार उनीहरूलाई भित्र्याइन्छ, क्वारेन्टिन गरिन्छ । त्यसैले अहिले सीमा नाकामा आवागमन व्यवस्थित छ । अन्नपुर्ण सम्पुर्णबाट