कैलाली - चर्चित देउडा गायक महेन्द्र विकले साङ्गीतिक बजारमा ल्याएको नयाँ कोसेली “साइको माया लैजा” गीतले राम्रो बजार तताएको छ । सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमा गीतले राम्रो स्थान पाएको छ । २०५८ सालबाट साङ्गीतिक बजारमा प्रवेश गरेका उनले पछिल्लो समय लामो विश्रामपछि यो गीत बजारमा ल्याएका हुन् ।
करिब ५ वर्षको अन्तरालमा गीत ल्याएको र उक्त गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाएपछि खुसी लागेको गायक महेन्द्र विकले बताए । अब निरन्तर गीतसङ्गीतलाई पनि समय दिने उनको योजना छ । उनको आफ्नै शब्द-सङ्गीत र स्वरमा रहेको उक्त गीत कन्चन फिल्मले बजारमा ल्याएको हो ।
गायक विकको पहिलो गीत अइल मैना काँ छैइ, दोस्रो रुदैछु निस्ठुरी मैना, तेस्रो बैरी रैछैइ मायाजाल, चौथो काँ छुटी गै मायाजाल, पाँचौँ गैलो मायाजाल, छैटौँ तरन्या तागुली है, सातौँ काँछैइ रङ्गी सुवा लगायतका गीत बजारमा आइ सकेपछि उहाँले करिब पाँच वर्ष गीतमा विश्राम लिनु भएको थियो ।
सांस्कृतिक क्षेत्रमा देशको गहना, ऊर्जाशील, कर्म योद्धाका रूपमा चिनिँदै आउनु भएका राष्ट्रिय कलाकार विकले आठौँ कोसेलीका रूपमा अहिले भरखरै बजारमा ल्याउनु भएको नयाँ चर्चित “साइको माया लैजा” गीतले निकै बजार लगिसेकेको छ ।
२०६५ साल कार्तिक ३० गते खप्तड एफएमले आयोजना गरेको कार्यक्रममा लामो समय गायन क्षेत्रमा यात्रा सुरु गर्नुभएका विकको, बैरी रैछैइ मायाजाल क्यासेटको “राति दिएइ सैना” गीतको (हेलो सेट जि गुमान्याको बोलादि जि) भन्ने डाइलगमा उहाँले उत्कृष्ट देउडा गायकको अवार्ड पाउन सफल हुनु भएको थियो ।
देउडा गायक विकलाई त्यो बेलाको निकै चर्चित देउडा गीतले अवार्ड दिलाएको हो
भवानी प्रसाद रेग्मीको निर्देशनमा बजार आएको “साइको माया लैजा” गीत सहित हिरण्य कुमार साउदको सहकार्यमा बाँकी गीतहरू पनि बजारमा ल्याउने योजना रहेको विकले जानकारी दिनुभएको छ ।