विद्यार्थीमा ‘मौसमी फ्लु’, जनप्रतिनिधि र स्वास्थ्यकर्मी उपचारमा खटिए
2023/02/07, 12:37
 
ss

बझाङको बुङगल नगरपालिका १० स्थित सिताराम मावि डौडका रहेका विद्यार्थीहरु बिरामी पर्न थालेका छन् । यहाँका दर्जनौ विद्यार्थीहरू एकाएक बिरामी हुन थालेपछि बुङगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामी सहितका स्वास्थ्यकर्मी लगायतको टोली उक्त विद्यालयमा पुगेका हुन् ।

एक पछि अर्को गर्दै विद्यार्थीहरू धमाधम बिरामी हुन थालेपछि वडा नम्बर १० का वाडध्यक्ष प्रेम ओखेडाको नेतृत्वमा जनप्रतिनिधि सहितको टोली विद्यालयमा पुगेर चेक जाँच र उपचार सुरु गरेको हो । मेयर धामी, वडाध्यक्ष ओखेडा सहित स्वास्थ्य शाखा संयोजक नरेश कुवर , खिरातडि स्वास्थ्य चौकी इन्चार्ज , कफलसेरी स्वास्थ्य चौकी इन्चार्ज , आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज ,ल्याब असिस्टेन्ट ,सहितको टोली विद्यालयमा पुगेको थियो । उक्त टोलीले स्वास्थ्य चेकजाँच गर्दा मौसमी फ्लु देखिएको स्वास्थ्य संयोजक रावलले बताए ।

उनका अनुसार विद्यालयका सबै विद्यार्थीको कोरोना परीक्षण समेत गरिएको थियो । तर, पुष्टि भएन । वडाध्यक्ष ओखेडाका अनुसार विद्यार्थीबाट सुरु भएको मौसमी फ्लु वडा भरी फैलिसकेको छ ।  उनीहरूमा रुघाखोकी , जिउ दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । बिरामी भएकाहरूलाई औषधी समेत उपलब्ध गराइएको छ ।