अछामका संक्रमित जेठ ८ गते गौरीफन्टा नाका भएर भारतबाट फर्किएका थिए
2020/05/24, 4:44
 
korona

सुदूरपश्चिम प्रदेशमा पछिल्लो पटक कोरोना पुष्टि भएका युवक गौरीफन्टा नाका भएर नेपाल आएको खुलेको छ । गत जेठ ८ गते उनी झण्डै ढाई हजारसँगै आएका हुन् ।

उनको तीन दिन अघि गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो । सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारत उनी अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष हुन ।  यो सँगै सुदुरपश्चिममा संक्रमितको संख्या १५ पुगेको छ । सुदुरपश्चिममा तीन दिनमा १० जना संक्रमित भेटिएका छन् ।