सुदूरपश्चिम सरकारलाई वर्ल्ड भिजनद्वारा कोभिड-१९ प्रतिकार्य सहायता सामग्री सहयोग
2021/05/24, 1:27
 
ii

वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम सरकारलाई कोभिड १९ प्रतिकार्य सहायता सामग्री सहयोग गरेको छ । आज सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई नेपाल कभर परियोजनाको दोस्रो चरण अन्तरगत १० थान अक्सिजन कनसन्टे«टर, २५ अस्पताल बेड र २५ थान हाइजिन किट सहयोग गरिएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालले जनाएको छ । मन्त्रलालमै पुगेर विभिन्न जिल्लाको आवश्यकता अनुसार वितरण गर्नका लागि मन्त्री कृष्णराज सुवेदीलाई सामग्री हस्तान्तरण गरिएको हो । झन्डै साढे  २६ लाख लागत बराबरका सामग्री सहयोग स्वरूप प्राप्त भएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संस्थालाई धन्यवाद दिए ।