कञ्चनपुरमा इँटाभट्टामा काम गर्ने मजदुर मृत फेला
2021/03/31, 11:19
 
dd

कञ्चनपुरमा इँटाभट्टामा काम गर्ने मजदुर मृत अवस्थामा फेला परेका छन्। पुनर्वास नगरपालिका-१ मा रहेको श्री गणेश इँटा उद्योगमा काम गर्ने भारतको लखिमपुर इसाननगर घर भएका मुस्तथा नाम गरेका मजदुर मृत फेला परेका हुन्।

मंगलबार इँटाभट्टामै सुतेका उनी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।

उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।