सुदूरपश्चिमका ७ पहाडी जिल्लामा यातायात सेवा ठप्प
2021/10/20, 2:00
 
aa

लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ ।

No description available.

अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

No description available.

भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका स्थित भासु भिर नजिक पहिरो गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेब गौतमले बताए । लगातारको बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अबरुद्ध छ ।

यसैगरी, बैतडीको सतबाझँ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित किम्तडि सडक खण्ड, अछामको कैलासखोला, ठुलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित गौतमले बताए । सडक सञ्चालन गर्न अहिले सवै क्षत्रमा डोजर परिचाल गरिएको छ । केही क्षेत्रमा सडक भासिएका कारण पूर्ण रुपमा सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने उनले बताए ।