धनगढी उपमहानगरपालिकाले भ्याक्सिन खरिदका लागि पहल थाल्यो
2021/05/28, 1:04
 
d

धनगढी उपमहानगरपालिकाले कोरोना भाईरसको संक्रमण निवारणका लागि भ्याक्सिन खरिदका लागि पहल थालेको छ । संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढीरहेका बेला उपमहानगरपाकिाले भ्याक्सिन खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।

उपमहानगरपालिकाले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराउन र नभए खरिदका लागि अनुमति दिन माग गरेको छ ।