
डडेलधुरामा धान रोप्दै देउडा खेलेर धान दिवस मनाइएको छ । किसानहरूले परम्परागत संस्कृतिअनुसार रोपाइँ गर्दै देउडा गाउने, हिलोमा रमाउने र परस्पर सहयोगको भावना अभिव्यक्त गरेका थिए । ‘मानो रोपेर मुरी फलाउने’ परम्परालाई सम्मान गर्दै दही–चिउरा खाएर दिवस मनाइए कलापति देवी भण्डारीले बताइन् ।

‘धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित डडेलधुराको अमरगढी नगरपालिका–३ स्थित साउँद गाउँमा २२औं ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२’ मनाइएको हो । कार्यक्रममा किसान, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो वर्ष डडेलधुरामा करिब ६ हजार १ सय २० हेक्टरमा धानखेती गरिने अनुमान छ । हालसम्म ६० प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुले बताए । उनका अनुसार पछिल्लो समय किसानहरु परम्परागत खेती प्रणाली छाड्दै यान्त्रिक र आधुनिक प्रविधिमा आकर्षित हुँदै गएका छन् ।
