शाहलाई एमाले संसदीय दलको नेता नमान्न एमाले सुदूरपश्चिमले सभामुखलाई पठायो पत्र
2021/06/10, 5:09

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रकाशबहादुर शाहलाई संसदीय दलको नेता मान्न नसकिने जनाएको छ । प्रदेश कमिटीले संसदीय दलको नेताको हैसियतमा शाहबाट हुने काम, कारवाही स्वीकार नगर्न सभामुखलाई आग्रह गरेको हो ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै शाहले पार्टी विरोधी र राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारवाही प्रक्रिया थालिसकेको जानकारी गराउँदै उनको काम कारबाही स्वीकार नगर्न आग्रह गरेको हो ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05