सामाजिक विकास मन्त्रीद्धारा टीकापुर अस्पतालको अनुगमन 
2021/06/16, 5:33
 
mm

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्का नेतृत्वको टोलीले टीकापुर अस्पतालको अनुगमन गरेको छ । मन्त्री खड्का, राज्यमन्त्री मनाकुमारी साउँदसहित मन्त्रालयको टोलीले बुधबार टिकापुर अस्तपालको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपक रावल, मेसु रेमकुमार राई, कांग्रेश संसदीय दलका नेता रणबहादुर रावल, सविधानसभा सदस्य गरीमा शाह तथा अस्पतालका कर्मचारीबीच अस्पतालको  समग्र अवस्था, समस्या र समाधानका उपायबारे छलफल भएको मन्त्रीका स्वकीय सचिव भुवन बडुवालले बताए ।

त्यसक्रममा टीकापुर अस्पतालमा ५० बेड थप गर्ने, कम्तिमा १५ बेड भेन्टिलेटरको व्यवस्था गर्ने, टिकापुर अस्पतालको प्रयोगशालालाई थप व्यवस्थित गर्ने, टिकापुर अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र स्वास्थकर्मीको विमा तथा सुविधामा करारमा कार्यरत कर्मचारीलाई पनि समेट्नेमा प्राथिमकता दिइने मन्त्री  खड्काले  बताएका छन् ।