पत्रकार लोग्शरी कुँवरलाई मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार
2021/02/18, 11:50
 
Aa

यस वर्षको ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ तीनजना क्रियाशील पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा पत्रकार लोग्शरी कुँवर, गणेश लम्साल र कमला पाख्रिन रहेका छन् ।

नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका अवसरमा फागुन ५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार र आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गरिरहेका पत्रकारलाई यो पुरस्कार प्रदान गरिदै आएको नेपाल पत्रकार महासंघले जनाएको छ । पुरस्कारको राशि जनही ४० हजार रहेको छ ।