कैलारी गाउँपालिकाद्धारा भलमन्सा प्रथालाई कानुनी मान्यता दिने
2021/06/29, 2:47
 
kailari n

कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको भलमन्सा प्रथालाई कानुनी मान्यता दिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यहि असार १० गते भएको गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भलमन्सा प्रथाको कानुनी व्यवस्थापनका साथै उनीहरुको क्षमता अभिवृद्धि, तालिम र सेवा सुविधा उपलब्ध गराइने बताए ।

गाउँपालिकाले थारू कला, साहित्य र संस्कृतिको पहिचान, सम्बद्र्धन र संरक्षण गर्ने थारू समुदायको प्राचित भलमन्सा प्रथाको जगेर्ना गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

गाउँपालिकाले स्थानीय तथा मातृभाषा पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्ने, स्थानीय मातृभाषा शिक्षको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।