प्रदेशसभा सदस्यले भारतबाट आएकालाई सिधैं घरमा लैजान थालेपछि लफडा
2020/05/25, 8:47
 
susila

कैलालीमा प्रदेश सभा सदस्यको मिलोमतोमा क्वारेन्टाईनमा बस्नुपर्नेलाई पहुँचको भरमा घरमा राख्न थालेको तथ्य खुलेको छ ।

भारतबाट फर्किएका  वडा नम्बर १४ अन्र्तगत  आफ्नै भदा र भदै  नाता पर्नेलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य सुशिला बुढाथोकीले आफन्तको घरमा बस्ने व्यवस्थापन गरेको स्थानीयहरुको आरोप छ । तर स्थानीयको विरोधपछि आफन्तकोका बस्न आएकाहरु भने धनगढी फर्किएका छन् । उनीहरु धनगढी उपमहानगरपालिका वडा  नम्बर १ का  स्थानीय हुन् । 

यस सम्बन्धमा  प्रदेश सभा सदस्य बुढाथोकीलाई सम्पर्क गर्दा  आफ्नी भदै मानसिक रुपमा बिरामी भएका कारण  धनगढी उपमहानगरपालिकाकाका क्वारेनटाईन संयोजक नारायण बरालसँग समन्वय गरेकोको स्वीकार गरिन् । तर बरालले भने आफुसँग कुनै समन्वय नभएको बताए ।

स्थानीयले भने पहँुजको भरमा भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाईनमा राख्नुको सट्टा घरमा संरक्षण गर्नु  गलत भएको बताएका छन् ।