धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मुख्य वजारको दक्षिणतिर अध्यारो गल्ली हुँदै गुज्रिएपछि मोहमद ईसुप कुरैसी वसिरहेको टिनको छानो भएको दुई कोठे घर आउँछ । उनी वसिरहेको घर पनि अर्कैले किनिसकेको छ । अव कहाँ जाने भन्ने पीरमा उनकी श्रीमति रुवि कुरैसी छिन् । त्यो घरमा ईसुप भने भेटिदैनन् । उनकी श्रीमति रुवि, उनका दुई छोरा, उनकी भाउजु र भाउजुका छोरा छोरी मात्रै बस्छन् । ईसुप भने रोजगारीका लागि झण्डै एक बर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । उनको घर २२ लाखमा विक्री भईसकेको छ ।
नेपालमा वस्दा सिलाई कटाईको काम गर्ने उनी खान लाउन समस्यापछि मलेसिया हानिएका हुन् । दुई लाख रुपैयाँ रिण खोजेर वैदेशिक रोजगारीमा गएका उनले छ सात महिनामा दैनिक रुपमा २५ देखि ३० हजारसम्म घर पठाउँदै आएका थिए । पठाएको त्यो रकमले उनकी श्रीमति रुविले विदेश जाँदा लिएको रिण तिरेर ८३ हजार तिर्न वाँकी छ । श्रीमानले पठाएको पैसाले छोरा पढाउने, घर चलाउने गर्दै आएकी थिईन् । तर अहिले अवस्था पहिलेको भन्दा फरक छ । ईसुपले पैसा पठाउन छोडेको पनि चार महिना वितीसक्यो ।
फागुनदेखि काममा कटौती भएपछि पैसा नपठाउँदा उनकी श्रीमतिलाई आफु र छोराछोरीका लागि खानाको जोहो गर्नै धौ धौ भएको छ । कहिले को सँग त कहिले को सँग मागेर दिन कटाईरहेकी छिन् । ‘सुरुमा पैसा पठायो त्यसले खानको खाना पनि भयो । ऋण् पनि तिरे ।’ उनले भनिन्– ‘अहिले त केही छैन् । प्रसा पनि पठाको छैन् । अव के गर्ने खानु त पर्यो कहिले कोहीसँग हजार । कहिले कोहीसँग पाँच सय मागेर खाईरहेका छौं ।’
मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने ईसुपले अहिले हप्तामा चार दिन मात्रै काम गर्न पाईरहेका छन् । खाने र वस्ने व्यवस्था काम गर्ने ठाउँमै गरिएको छ । उनले घर आउन चाहेका थिए । तर उनलाई श्रीमति रुविले नआउन सुझाईन् । ‘यता आएर पनि के गर्ने, यहाँ पनि काम छैन । वरु पाँच छ महिना उतै दुःख गर भने मैले ।’– रुविले भनिन्– ‘पछि उनी काममै लागिरहेका छन् । मागेरै कति दिन छोराछोरीलाई खुवाउने, आफु कसरी खाने भन्ने चिन्ता लागिरहेको छ ।’ रुविले आफुलाई कसरी खाने भन्ने चिन्ताले दैनिक सताईरहने बताएकी छिन् ।
धनगढीकी मनिषा नेपालीका श्रीमान विदेश वसेको तीन बर्ष पुरा भईसकेको छ । मनिषाले श्रीमान विदेश जाँदा लिएको रिण एक बर्षमै तिरिन् । त्यसपछि मासिक रुपमा पठाउने तीन चालिस हजारले घर चलाउँदै बचत गर्दै गईन् । श्रीमानको विदेशको कमाईले भरखरै पक्की घर निर्माण सकिएको छ । ती बर्षको विदेश वसाईपछि श्रीमान गत फागुनमा घर फर्किएर फेरि विदेश हानिए । तर त्यसपछि मनिषालाई उनका श्रीमानले पैसा पठाएका छैनन् । वल्लबल्ल आफ्नो पेट पालिरहेका श्रीमानसँग उनले कर पनि गरेकी छैनन् । ससुराले पेन्सनबाट पाउने सानो रकमको सहायतले अहिले घरको चुलो वलिरहेको छ । तर पहिलेको जस्तो सहज स्थिति भने छैन् । ‘तीन बर्षको श्रीमानको कमाईले भरखरै पक्की घर बन्यो । श्रीमान पनि आउनु भएको थियो । फागुनमा फेरि मलेसिया जानुभयो ।’ उनले भनिन्–‘अहिले पैसा पठाउनु भएको छैन् । पहिले बचाएको पैसा पनि सिद्धीयो । बुबाको आउने पेन्सनले घरको खर्च धानिरहेका छौं ।’
मनिषाले अहिले जसोतसो गुजारा गरिरहकै छिन् । श्रीमानलाई पनि सुरक्षित हुन हरेक पटक सम्पर्क हुँदा सम्झाईरहेकी छिन् । तर स्थिति यस्तै रह्यो भने कसरी घर चलाउने पीरलोले उनलाई पनि छोडेको छैन् । रुवि र मनिषा प्रतिनिधि पात्र मात्रै हुन् । वैदेशिक रोजगारीमा गएकाहरुको परिवारहरुको स्थिति यस्तै छ । सुदुरपश्चिमका अधिकांश वासिन्दाहरुको रोजगारीको गन्तव्य भारत हो । प्रदेशका झण्डै १० लाख मानिसहरु रोजगारीका लागि भारत गएको अनुमान गरिएको छ । भारत गएकाहरु अहिले रोजगारी गुमाएर घर फर्किरहेका छन् । पछिल्ला बर्षहरुमा भातसँगै तेस्रो मुलुकमा पनि जानेहरुको संख्या वढिरहेको छ । भारतमा भएकाहरु धेरैले घर फर्किने अवस्था भएपनि तेस्रो मुलुकमा भएकाहरुलाई घर आउन मुस्किल भईरहेको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुले नै पठाउने रकमबाट यहाँ घरमा चुलो बल्दै आएको छ । तर पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि कामको समस्या हुन थालेपछि विदेशबाट पैसा आउन पनि वन्द भएको छ । यसले घरमै आशमा वसेकाहरुलाई घर चलाउन मुस्किल भईरहेको छ । विदेशमा कमाएको पैसाले घर चलाउनेदेखि परिवार पालिदै आएकोमा अहिले विदेश भएकाहरुले पैसा पठाउन छोडेपछि घर परिवारलाई समस्या हुन थालेको छ । कतिपय विदेशमा भएकाहरु घर पनि फर्किसकेका छन् । विदेशमै भएकाहरुले काम गर्न नपाउँदा पैसा घर पठाउन पाएका छैनन् । जस कारण विदेशमा भएका नेपालीहरुका परिवारहरुको विचल्ली हुने क्रम वढ्दै गएको विदेशमा काम गरेर फर्किदै प्रवासी स्वयमसेवकको रुपमा काम गर्दै आउनुभएका श्यामकुमार देवलले बताए ।
लकडाउनले समस्यामा परेका विपन्न वर्गहरुलाई राहत पनि वितरण गरिएको छ । तर विदेशमा भएकाका परिवारहरु राहत पाउनवाट पनि वन्चित हुदैं आएका छन् । जस कारण उनीहरुका परिवारहरुको अवस्था वेहाल वन्दै गएको छ । विदेशबाट फर्किएकाहरुले कैलालीमा आप्रवासी हकहित संरक्षण केन्द्र नामक संस्था खोलेर पनि लागिरहेका छन् । सोही संस्थाका संस्थापक अध्यक्ष तथा अहिलेका सल्लाहकार श्यामकुमार देवल आफुहरुले विदेशममा भएका परिवारहरुका लागि पहल गरिरहेको बताउँछन् ।