
सरकारले कोरोना संक्रमितलाई सास फेर्न गाह्रो भएमा, छाती दुख्ने, भारी हुनेलगायतका लक्षण देखिएमा तुरुन्त अस्पताल जान आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

सूचनामा सास फेर्न गाह्रो भएमा,छाती दुख्ने, भारी हुने, ओठ वा अनुहार नीलो देखियो भने आफ्नो हेरचार गर्न असमर्थ भएमा, अल्मलिने, बोली अस्पष्ठ हुने वा बोल्नलाई गाह्रो भएमा अस्पताल जान मन्त्रालयको आग्रह छ।
मन्त्रालयले १०१ भन्दा बढी ज्वरो तीन दिनसम्म कायम छ भने अस्पताल जानुपर्छ। शरीरमा अक्सिजनको तह ९४ भन्दा कम छ भने अस्पताल जान आग्रह गरेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11