धनगढीका समाजसेवी ज्ञानेन्द्र खवासले गरे दृष्टि फाउण्डेसनलाई सहयोग
2021/01/01, 8:05
 
a

अछाम साफेबगर नगरपालिका वडा नं ७ घर भई धनगढीमा होटल व्यवसाय गदै आएका समाजसेवी ज्ञानेन्द्र बहादुर खवासले दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् । फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टलाई चामल, दाल, नुन, तेल, मसला, चाउचाउ लगायतका खाद्यान्नका सामान खवासले हस्तान्तरण गरेका हुन् । होटल हेमन्तका सञ्चालक समेत रहेका उनले जन्मदिनको अवसरमा सहयोग गरेका हुन् ।

फजुल खर्च गर्नुभन्दा असहायलाई केही सहयोग पुगोस भन्ने उद्येश्यका साथ खाद्यान्न सहयोग गरेको खवासले बताए । करिब डेढ बर्षदेखि धनगढीको हसनपुरमा होटल सञ्चालन गरदै आएका खवासले विश्वब्यापि रुपमा फैलिदै आएको कोरोनाका कारण होटल ब्यावसाय धरापमा परेपनि सहयोग गरेको बताए । उनले गत बर्षपनि जाडोमा लगाउने ३५ जाकेट र खाद्यान्न सहयोग गरेका थिए । 

a