जमुना न्युरे- कैलाली जिल्लाको बिश्वरामसार सुचिमा सुचिकृत घोडाघोडी ताल ‘बेसर्मी झाँडी’ले कुरुप बनाउदै छ । बेसर्मी झाँडीले घोडाघोडी बरपर पुरै ताललाई ढाकेर कुरुप बनाईरहेको छ । अहिले मिचाहा प्रजाती बेसरमाले ताल पुरै ढाकियको छ ।
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी ९चरा अभय आरण्य क्षेत्र० एक कार्यक्रमका भब्य र धुमधामका साथ घोषणा गरियो । तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन । घोडाघोडी तालका सहायक तालहरु २० वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी तालनै मिचाहा प्रजाती पुरिनुका साथै पानी सुकेर गौचरण मा परिणत हुन थालेको घोडाघोडी जनजागरण मन्चका अध्यक्ष हेम बमले बताए । घोडाघोडी तालको उत्तर क्षेत्रको बाड्का सिराहा, छोड्की सिराहा, छोट्कि छिङट्लिया, लम्कि कोन्ढिया र पुर्बी क्षेत्र पनि पानी सुक्दै आइरहेको छ ।
घोडाघोडी तालकै बिषयमा खुलेका थुप्रै संस्थाहरु स्थानीय निकायको बृहत घोडाघोडी पर्यटन बोर्ड, जेडएसएल, घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल, हिमाली नेचर लगायतका सघं सस्थाहरुले यो बिषयमा कुनै चासो दिईरहेका छैनन् । तर पनि घोडाघोडी तालको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रती कसैलाइ चिन्ता र चासो भने छैन । स्थानिय निकायमा रहेको बृहत घोडाघोडी पर्यटन बोर्डले पाँच बर्ष गुरुयोजना बनाउदैमा दिन गयको छ । यता बृहत घोडाघोडी पर्यटन बिकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीलाई यस बिषयमा कुनै प्रतिकृया दिदैनन् ।
घोडाघोडी जनजागरण मन्चका अध्यक्ष हेम बमले भने पछिल्लो समयमा कोरोनाको महामारीले पर्यटन र बाताबरण क्षेत्रमा बजेट निकासा भएको छैन । बजेट नहुदा मिचाहा प्रजाती हटाउन संगै ताल सरक्षण र सदुपयोग का कार्यक्रम गर्न नसकेको बताउदै उनले भने अब कुनै निकाएबाट आर्थिक सहयोग पायमा बेसरमा हटाउने छौ । हिमाली नेचरका कार्यक्रम अधिकृत लब केसिले घोडाघोडी ताल सरक्षण तथा आर्यआर्जनका काम र प्राबिधिक कार्यहरु गरिएको बताए । ताल पुरीदै गएको बिषयमा नले घोडाघोडी नगरपालिकाले घोडाघोडी बिकासका लागि दस बर्षे गुरुयोजना बनायको अब त्यही अनुरुप कार्य गरिने दाबी समेत गरे ।‘घोडाघोडी ताल क्षेत्रमा बर्सेनी करोडको बजेट आएको हुन्छ’ त्रिवेणि सामुदायिक बन उपभोक्ता समुह जनकपुर अध्यक्ष भिममाया तामाङले भनिन् – ‘घोडाघोडीको बिकासमा भने कसैको चासो र्छैन ।’
बृहत घोडाघोडी पर्यटन बोर्डले कार्यक्रम गर्दै आयको बताए पनि घोडाघोडीमा पुर्वाधार मात्र निर्माण गरिएको छ । पानी र मिचाह प्रजाती बेसरमा ताललाइ ढाकिएकोर ताल पुरियको प्रती कसैले चासो नदिएइको तामाङको भनाई छ । घोडाघोडी तालका नाममा के कस्ता कार्यक्रम हुन्छन् पादर्शी र बिकासको कार्यक्रमको एकद्वार प्रणाली नभएका कारण पनि समस्या भएको उनको भनाई छ ।
तालमा मुख्य भनेको पानी हो त्यो नै नभय पछि त्यहाका चराचुरुङ्गी, जैविक विबिधता सरक्षणमा असर गर्ने अन्तरराष्ट्रिय महत्व बोकेको ताल यसरी मिचाहा प्रजाती बेसर्मी हटाउन समयमा नै सबैले लाग्नु पर्ने स्थानीय बासिन्दा धनऋषी न्यौपाने बताउछिन् ।