मोबाईलसमा एसएमएस– ‘नदीमा बाढी आउन सक्छ, सर्तक रहनुस’
 
badi

सुदूरपश्चिमको तराईका दुई जिल्लामा भारी वर्षा भएका कारण नदीमा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

शनिबार मोबाईल मार्फत एसएमएस पठाउँदै विभागले दिउँसो नदीमा बाढी आउन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको हो । ‘कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भएको छ ।’ एसएमएस भनिएको छ–‘थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा सतर्कता आसपासको बाढी आउन सक्छ, दिउँसोसम्म सतर्क रहौं ।’