आयातित विरामीका कारण औलो निवारणमा चुनौती थपिदै
2023/04/25, 10:29
 
ss

सुदूरपश्चिम प्रदेशमा आयातित औंलोका कारण औलों रोगको भार देशभरीमै बढ्दै गएको छ । विश्व औंलो रोग दिवसको अवसरमा धनगढीमा सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयले दीपायलले आयातित औंलो रोगका विरामी बढ्दै जाँदा देशभरमै सुदूरपश्चिम प्रदेशमा औंलोका भार बढी रहेको जनाएको हो ।

प्रदेशमा स्थानीय औंलोका विरामीमा कमी आउँदै गएपनि आयातित औंलोका विरामीको संख्या बढ्दै गएको निर्देशनालयको तथ्यांकमा रहेको छ । प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औंलोको विरामी फेला परेकोमा ११ जना स्थानीय औंलो रहेका छन । ९४ जना आयातित औंलो विरामी रहेकोमा ८९ विरामी भारतबाट आयातित हुन् ।

आर्थिक वर्ष ०७८/७९ मा एक सय ८१ जना नयाँ विरामी फेला परेकोमा १६ स्थानीय र एक सय ६५ आयातित औंलो विरामी रहेका छन् । एक सय ६५ मध्ये एक सय ६३ जना भारतबाट फर्केका हुन । आर्थिक वर्ष २०७७/७८ मा स्थानीय १६ र एक सय ६५ आयातित गरि दुई सय ८३ नयाँ विरामी फेला परेका थिए । आयातित विरामीमध्य एक सय ६३ जना भारतका विभिन्न स्थानबाट फर्केको निर्देशनालयको तथ्यांकमा रहेको छ ।

देशभरमै आयातित रोगमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरि चार जिल्ला शिर्ष १० जिल्लामा रहेका छन भने स्थानीय औलोमा कैलाली, कञ्चनपुर, अछाम र डोटी जिल्ला शिर्ष १० जिल्लामा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा औंलोको जोखिममा एक हजार दुई सय ८५ जनसंख्या रहेका थिए । 
आर्थिक वर्ष २०७७र७८ सम्म प्रदेशका छ वटा जिल्ला औलोको जोखिममा रहेकोमा आर्थिक वर्ष २०७८र७९ मा थप बाजुरामा १२ जना विरामी फेला परेसंगै प्रदेशमा सात जिल्ला औलोंको उच्च जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो ।

कैलाली जिल्लामा सबैभन्दा बढी औलोका नयाँ केस फेला परेका छन् । कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९७ जना औलोका बिरामी फेला परेका छन् ।  त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा २४, बैतडी जिल्लामा २, डडेल्धुरा जिल्लामा दुई र डोटी जिल्लामा औलोका ६ जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको गोदावरी नगरपालिका औलोंको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन । 

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२५ भित्र स्थानीय औलोंलाई सून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले भने– अहिले कैलाली जिल्लामा स्थानीय औंलोका बिरामी फेला परेका छैनन । आयातित औलोंका बिरामीका कारण चुनौति बन्दै गएको छ ।  माईक्रोस्टाट्रीफीकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औंलोको उच्च जोखिमका रुपमा राखिएको छ । भने एक सय चार वटा वडाहरूमा मलेरीया ९औलो० को जोखिम मध्यम खालको रहेको उल्लेख छ ।

सूदूरपश्चिम प्रदेश विगत आर्थिक वर्षहरूमा वार्षिक परजिवि प्रकोप दरमा कमी आइरहेको छ ।  कैलाली स्वास्थ्य कार्यालयका अनुसार औंलों संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छडकाउ लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन् ।