कैलालीका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा बिरामी मारमा
2023/11/11, 2:15
 
ss

सरकारले स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिरहेका कैलालीका ४ निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएपछि बिरामीले सहज उपचार गराउन बन्चित भएका छन्। स्वास्थ्य बीमा बोर्डको साउन ३२ गते बसेको बैठकले कैलालीका ४ सहित देशका २६ वटा निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सूचीबाट हटाइएको थियो। सरकारले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य बिमा कार्यक्रम गरिरहेका निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएपछि बिरामीको उपचार सेवा प्रभावित भएको हो।

स्वास्थ्य बिमा मार्फत ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकको निःशुल्क उपचार,स्वास्थ्य बीमा गर्ने जो कोही बिमित्तले तोकिएको अस्पतालबाट बहिरङ्ग अर्थात ओपीडी सेवा,आकस्मिक,अन्तरङ्ग सेवा पाउन बञ्चित भएको बिरामीहरुको गुनासो छ। धनगढी ३ का लक्ष्मी गिरीले आफ्नो बुवाको उपचार गराउन नवजिवन अस्पतालमा आएको तर स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थाहा पाउँदा समस्या भएको बताए। उनले बिगत केही महिना देखी ओपीडी सेवा मार्फत उपचार सेवा र निशुल्क औषधी लिइरहेकोमा बिमा कार्यक्रम बन्द हुँदा बुवाको उपचारमा समस्या भएको बताए।

समय समयमा चेक गराउँनुपर्छ, नवजिवन अस्पताल नजिक पनी थियो, उनले भने,  बिमा कार्यक्रम मार्फत निशुल्क उपचार हुन्थ्यो बिमा कार्यक्रम बन्द हुँदा झन्जट बेहोर्नुपरेको छ। बुवालाई सेती प्रादेशिक अस्पताल टाढा भएको र त्यसैमा लामो लाईन हुन्छ साथै उपचारमा झन्जटिलो पनी। उनले उपचार छिटो हुने र नजिक भएकाले बिमा कार्यक्रम पुनः सुचारु हुनुपर्ने बताए। यस्तै धनगढी ५ तारानगरका मनोहर भट्टले सरकारले अस्पतालमा लागु भएको स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न उचित नहुने बताए।

उनले भने निशुल्क प्राप्त गरिरहेको सेवा बन्द हुँदा बिरामीलाई असहजता र ठुलो उपचार गर्नुपर्दा धेरै आर्थिक भार पर्ने हुन्छ, झन् बिरामीले लाखौँ खर्चेर काठमाण्डौँ तथा भारतका अस्पताल जान बाध्य हुनुपर्छ, त्यसकारण निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम छिटो सञ्चालन गरियोस्, उनले भने। यता कैलालीको धनगढीस्थीत नवजिवन अस्पताल प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चक्र खडायतले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुँदा बिरामीले अन्य अस्पतालबाट सहज सेवा नपाइरहेको गुनासो आइरहेको बताए।

उनले भने, स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत बिरामीले निशुल्क औषधी, एक्स(रे, इसिजी, अल्ट्रासाउण्ड, एम आर।आई।, सिटी स्क्यान, रगतको जाँच, साना–ठूला शल्यक्रियाहरू र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेतो छडी, बैशाखी लगायतका सेवाहरु निशुल्क प्राप्त गर्ने गरेका थिए। यस्तै मिर्गौला र क्यान्सर रोगको सहुलियत दरमा उपचार गर्ने सरकारको कार्यक्रम रहेकोमा सो सेवा बन्द हुँदा बिरामीले नै उपचार पाउन बन्चीत र असहजता बेहोरिरहेको गुनासो आइरहेको बताए।

उनले सो कार्यक्रम सुचारु भए बिरामीकै लागी राहात र सहजता हुने भन्दै सुचारुको माग गरेका छन्। स्वास्थ्य बीमा बोर्डको साउन ३२ गते बसेको बैठकले कैलालीको धनगढी ४ उत्तरबेहडीस्थीत नवजिवन अस्पताल, यस्तै कैलालीकै लालरत्न अस्पताल,घोडाघोडी अस्पताल, गेटा आँखा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमको सूचीबाट हटाएको थियो। सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो। सरकारी तथा सामुदायिक अस्पतालमा बिमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाइने, सेवा प्राप्त गर्न लामो समय लाइन कुुर्न बाध्य हुनुपर्ने, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुने, अस्पतालमा धेरैजसो औषधि नपाइँदा निजी फार्मेसीबाट किन्नुपर्ने जस्ता समस्या भोग्नु परेको बीमाकर्ताको गुनासो छ।

दुर्गम भेगमा स्वास्थ्य बीमाको सेवा लिन तोकिएका स्वास्थ्य संस्था निकै टाढा हुँदा पनि सर्वसाधारणले लाभ लिन सकेका छैनन्। बिमा बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाएको थियो। दुर्गम भेगमा स्वास्थ्य बीमाको सेवा लिन तोकिएका स्वास्थ्य संस्था निकै टाढा हुँदा पनि सर्वसाधारणले लाभ लिन सकेका छैनन्। यसबाट बिमित नागरिकलाई सरकारी अस्पतालमै पुग्नुपर्ने, नभए बीमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था त बनेको छ नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ। यसले सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरामा लैजाने सरकारको नीति कार्यान्वयनमा समेत चुनौती थपिनेछ । सरकारको निर्णयले सरकारी संस्था नजिक नरहेका बिमित सेवाग्राहीलाई थप मार पर्ने विज्ञहरुले बताएका छन्।