सुदुरपश्चिममा ठूलो औद्योगिक क्षेत्र खोल्ने निर्णय अलपत्र
2020/07/05, 12:14
 
INDUSTRIES

सुदुरपश्चिममा ठूलो औद्योगिक क्षेत्र खोल्ने निर्णय अलपत्र परेको छ । सरकारले सात वटै प्रदेशमा एक एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर ५ वर्ष अगाडीको निर्णय कार्यान्वयनमा ढिला हुँदा सुदुरपश्चिममा औधोगिक क्षेत्र निर्माणको काम अलपत्र परेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एक एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैंजीमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने उल्लेख छ । तर निर्णय भएको ५ वर्षसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

विलम्ब भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कुनै प्रदेशमा जग्गा खोज्नै बाँकी छ भने कतै खोजिएको जग्गामा विवाद छ । कुनैको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने प्रक्रिया जारी छ भने कुनैको ईआईए प्रतिवेदन स्वीकृत हुन बाँकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एकरएक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैंजीमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने उल्लेख छ । तर, निर्णय भएको ५ वर्षसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् । औद्योगिक क्षेत्रको विषयमा अध्ययन लगायतका कार्य अगाडी बढेको र निर्णय कार्यान्वयन प्रक्रिया जारी रहेको औद्योगिक व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले जानकारी दिए । 

दैंजी औधोगिक क्षेत्रमा कति प्रगति ?
महाप्रवन्धक सिटौलाका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैंजीमा ९ सय विगाहामा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी छ । दैंजीका सन्दर्भमा ईआईए अन्तिम प्रक्रियामा रहेको जानकारी दिँदै महाप्रवन्धक सिटौलाले भने, ‘ईआईए फाइनल भएपछि अरु प्रक्रिया अगाडी बढ्छ ।’

सुदुरपश्चिममा छैन औद्योगिक क्षेत्र 
औद्योगिक व्यवस्थापन लिमिटेडका अनुसार हाल देशभर रहेका १० वटा ठूला औद्योगिक क्षेत्र छन् । जहाँ ७ सय उद्योगहरु सञ्चालित छन् भने त्यसबाट २० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । लकडाउन अगाडिसम्म १० वटा औद्योगिक क्षेत्रहरुबाट २० अर्ब बराबरको वार्षिक राजश्व सरकारलाई जाने गरेको महाप्रवन्धक सिटौलाले बताए । तर हालसम्म पनि सुदुरपश्चिममा एउटा पनि औद्योगिक क्षेत्र छैन् ।