सुदुरपश्चिम महोत्सवमा छुट्टै थारु गाउँ, जहाँ पाइन्छ थारु परिकार र पुर्ख्यौली समान
2023/12/15, 11:09
 
dd

धनगढीमा जारी सुदुरपश्चिम महोत्सवमा छुट्टै थारु गाउँ राखिएको छ । मंसिर २२ गतेदेखी सञ्चालित सुदुरपश्चिम महोत्सव भित्र छुट्टै थारु गाउँ राखिएको हो । थारुका सम्पुर्ण परिकार संगै परम्परागत पहिरन संगै अन्य बस्तुहरु सहितको थारु संघ्रालय समेत यस गाउँमा छ । मिनि संघ्रालयका रुपमा राखिएको थारु संघ्रालय भित्र आफैले निर्माण गरेका बिभिन्न परम्परागत रिति रिवाजको समेत झल्को पाइन्छ ।

पश्चिम तराइका जिल्लाहरुमा बसोबास गर्ने थारु जातीका घरमा पाक्ने परिकारहरु यस गाउँमा पाइन्छन् । थारु परिकारहरुको बजारीकरण संगै संस्कृती बारे जानकारी दिने उद्देश्यले यस पटक महोत्सवभित्र छुट्टै थारु गाउँ राखिएको हो । थारुको घरमा चाडवाडका बेला पाक्ने ढिक्री, घोङ्गी, सिद्रा माछा, गंगटाको मासु, अण्डी चामल, बगुंरको मासु लगायतका थारु परिकारहरु पाइने गरेको होटेल ब्यवसायी पुनम चौधरीले बताइन् । हामीले थारुको घरमा पाक्ने परिकार मात्रै बिक्रि गर्ने गरेका छौँ उनले भनिन् “हामीसंग रहेका परिकारहरु सबै नेपालीकहाँ पु¥याउने उद्देश्य हो ।” सुदुरपश्चिम महोत्सवमा छुट्टै थारु गाउँ राखिदा ब्यवसायमा सहज भएको अर्का ब्यवसायी बिमल चौधरीले बताए । उसरी होटेल राख सामान्यतया ग्राहकले परिकारबारे चासो दिनुहुन्थेन अहिले मात्र थारु परिकार मात्रै पाइने गरी थारु गाउँनै राखिएको छ उनले भने “यसले सहजै हामीलाई थारु परिकार बिक्रि गर्न पाएका छौँ भने सबै मानिसले हाम्रा परिकार र संस्कृती बारे जानकारी लिइरहेका छन् ।”

थारु परिकार मात्रै होइन यस गाउँमा थारु संस्कृती झल्किने छुट्टै सांस्कृतीक कार्यक्रमपनि सधैँ आयोजना हुन्छ । थारु कलाकारहरुको प्रस्तुती सहित यहाँ सांस्कृतीक कार्यक्रम हुने गरेको थारु गाउँ प्रदर्शनीका संयोजक हेमन्त चौधरीले बताए । हामीले यहाँ पुर्खाहरुले प्रयोग गर्ने बिभिन्न सामग्री सहितको सघं्रालयपनि राखेका छौँ उनले भने “थारु समुदायले प्रयोग गर्ने बाजा, खेतमा प्रयोग हुने औजार, पुजाआजामा प्रयोग हुने सामग्री, बिभिन्न पहिरन तथा गहना समेत यस संघ्रालयमा छ, चिटिक्क परेको माटोको घरमा रहेको सङ्ग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, सङै डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकनका लागि राखिएको छ । डोली, डोला, चनडोलाका साथै दुई वटा अटुवा पनि छन् ।”

कैलाली उधोग बाणिज्य संघले थारुका परिकारको बजारीकरण र परम्परागत संस्कृतीको संरक्षण गर्ने उद्देश्यले यस पटक महोत्सव भित्र छुट्टै थारु गाउँ राखेको अध्यक्ष पुस्पराज कुँवरले बताए । यसले थारु परिकारको बजारीकरण र संस्कृतीको प्रचार प्रसार भई यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा उनको भनाई छ । यति मात्रै नभएर सुदुरपश्चिम महोत्सवमा थारुको संस्कृतीक पहिचान मात्रै नभएर पहाडी समुदायको पहिचान झल्किने रितिरिवाज समेत प्रदर्शन गर्ने गरिएको उनले बताए । यस पटक महोत्सवमा सुदुरपश्चिमका ९ वटै जिल्लामा रहेका सांस्कृतिक पहिरन तथा पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी समेत राखिएको छ । यसबाट यहाँको आर्थिक संगै पर्यटकिय बिकासमा महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष कुँवरको बिश्वास छ ।