हिमानी ट्रष्टले दियो सुदूरपश्चिम सरकारलाई स्वास्थ्य सामाग्री 
2020/05/13, 7:38
 
himani

हिमानी ट्रष्टले सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य तेजबहादुर सिंह नेतृत्वको टोलीले कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 


कोरोनाको जोखिमबाट बच्नका लागि ट्रष्टले ४ सय पिपिई, ४ सय माक्स, ४ सय सेनिटाइजर सहित अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराएको सुदूरपश्चिम प्रतिनिधि ललीत जोशीले जानकारी दिए ।