नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बोहरा पराजित भएका हुन्।
१० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेपछि उनी पराजित भएका हुन्। महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरू जितेका छन्। बोहरा पूर्वमन्त्री रमेश लेखक निकट नेता हुन्।
बोहरा फेरि जिल्ला सभापतिमा चुनाव लड्ने चर्चा थियो। तर महाधिवेशन प्रतिनिधिमा पराजित भएसंगै उनले सभापतिमा चुनाव लड्न नपाउने भएका छन्।
१) उद्धव बोहरा २६५ (विजयी)
२) चिन्तामणि भट्ट ३३२ (विजयी)
३) टिका बैज २५९ (विजयी)
४) दलबहादुर बोहरा ३०६ (विजयी)
५) दुर्गाप्रसाद भट्ट २७६ (विजयी)
६) पुष्कर राज ओझा ३०३ (विजयी)
७) बलदेव बोहरा १९०
८) बहादुरसिंह थापा ३६६ (विजयी)
९) भैरव ऐर ७७
१०) भोजराज बोहरा २१३
११) मिनबहादुर सिंह २८० (विजयी)
१२) रमेश चन्द्र ऐर १३२
१३) ललित बहादुर सिहं १११
१४) लोकबहादुर देउवा ३०४ (विजयी)
१५) शेरबहादुर साउँद ११६
१६) सिद्धराज भट्ट २०६
१७) सुरेन्द्रबहादुर देउवा २०१
१८) हरिप्रसाद बोहरा २४४
१९) हेमराज ओझा ३३२ (विजयी)