मास्क प्रयोग नगर्ने २६८ जनालाई कारवाही
2020/07/25, 3:40
 
barsha

अछाम प्रहरीले माक्स प्रयोग नगर्ने २ सय ६८ जनालाई कारवाही गरेको छ। कोरोना जोखिमका बेला मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा भेटिएकाहरुलाई कारवाही गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुले असार २२ देखि हालसम्म सार्वजनिक स्थानमा मास्क प्रयाग नगर्ने २६८ जनाबाट एक सयका दरले २६ हजार ८ सय जरिवाना संकलन गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडेको समेत प्रहरीले जनाएको छ ।   यस्तै मास्क प्रयोग नगरी हिड्ने १ सय ८२ जनालाई मास्क वितरण गरेको सूचना अधिकारी अवस्थीले बताए । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।