हिंसा न्यूनीकरणमा स्थानीय सक्रियता बढ्दो
2020/12/17, 7:46
 
hinsa

मसुरियाकी पार्वती बुढाऐर हिंसा निगरानी समूहका सदस्य हुन । उनी, विगत केही वर्ष यता आफ्नो नगरमा हिंसा न्यूनीकरणमा सक्रिय छिन् । ‘मानव अधिकारको अवस्थामा सुधार ल्याउन निगरानी समूहमार्फत काम गरिरहेका छौं’, उनले भनिन् । ‘थुप्रै केसहरु आउने गरेको छ । पीडितलाई न्यायका लागि पहल कद्मी भूमिका निर्वाह गर्दै आएका छौं ।’ 

कैलालीको गौरीगङ्गा नगरपालिकामा हिंसा निगरानी समूहमात्रै हैन, मानव अधिकार रक्षक समूह पनि गठन गरिएको छ । ती समूह आवद्ध स्थानीयले मानव अधिकार रक्षाका लागि सो नगरमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् । फलस्वरुप, मानव अधिकार उलङ्घनको घटनामा कमी आएको छ । ‘धेरै महिलाहरु पहिले हिंसा सहेर बस्दै आएका थिए’, बुढाऐरले भनिन् । ‘अहिले कुनै त्यस्ता केस भयो की हामी कहाँ आइ हाल्ने गर्दछन् । त्यसलाई न्यायिक समिति र अदालतसम्म पु¥याएर पीडितलाई न्याय दिलाउन सहयोग गर्दै आएका छौं ।’ उनले निगरानी समूहको सक्रियता बढेपछि बालविवाह धेरै हद्सम्म रोकिएको उल्लेख गरिन् । 

समाजमा धेरैजसो घरेलु हिंसा, महिला हिंसा, बालबालिकामाथि हिंसा हुने गर्दछ । व्यक्तिलाई शारीरिक रुपमा हानी नोक्सानी गर्नुमात्रै नभइ विभिन्न सेवा सुविधाबाट बञ्चित गर्ने, मानसिक दुःख दिने पनि मानव अधिकारको उलङ्घनभित्र पर्दछ । गौरीगङ्गामा निगरानी र रक्षक समूहले अधिकारको बारेमा बताउने र त्यसलाई रक्षा गर्ने कार्य गरिरहेको जनाइएको छ । अधिकार रक्षाको गतिविधि समूहमामात्रै सीमित छैन । सो पालिकाका विद्यालयमा पनि भइरहेको छ । विशेष गरेर बालबालिकाको अधिकारको सवालमा विद्यालयहरु सचेत रहेको र सोही अनुसार गतिविधि गर्दै आएको मालिका माविका शिक्षक शिव खरेल बताउँछन् । 

विद्यार्थीको हकमा विद्यालयहरुले उनीहरुका अधिकार संरक्षणको प्रयास गर्दै आइरहेका उनले बताए । ‘विद्यालयमा सबैभन्दा बढी समस्या महिनावारी भएको बेला छात्रालाई हुने गर्दछ’, उनले भने । ‘तर, महिनावारी भएकै कारण छात्राले विद्यालय छोड्नु पर्ने अवस्था यहाँ सृजना भएको छैन ।’ विद्यालयहरु छात्रामैत्री भइसकेको र विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने गरेका जनाइएको छ । यसैगरी, कहिँकतै, कोही कसैको सानै उमेरमा विवाह भइरहेको खबर आएमा विद्यालयका विद्यार्थी, शिक्षक स्वयम् गएर सम्बद्ध पक्षलाई सम्भाइ बुझाइ गर्ने गरेका छन् । नगरमा कतिपय बालविवाह हुनबाट पनि आफूहरुले रोकेको शिक्षक खरेल बताउँछन् । 

    ‘बालविवाह हाम्रो समाजको ठूलो रोग हो’, उनले भने । ‘हामी बालविवाह रोक्नका लागि पनि अग्रसर छौं ।’ गौरीगङ्गा नगरपालिकालाई मानव अधिकारमैत्री स्थानीय तह बनाउने लक्ष्य लिइएको छ । सो को लागि सुदूरपश्चिम मिडिया विकास केन्द्रले त्यहाँ स्थानीय तहमा मानव अधिकार प्रवद्र्धन तथा कार्यान्वयन कार्यक्रम लागू गरेको छ । सो कार्यक्रममार्फत रक्षक समूह, निगरानी समूह गठनदेखि लिएर जनप्रतिनिधि, शिक्षक विद्यार्थी र समूहका पदाधिकारीलाई मानव अधिकार रक्षाको बारेमा जानकार बनाइएको छ । 

त्यसैले, गौरीगङ्गा नगरपालिकालाई मानव अधिकारमैत्री बनाउन मानव अधिकारको प्रवद्र्धन कार्यमा जनप्रतिनिधि पनि सक्रिय छन् । मानव अधिकार प्रवद्र्धनका लागि स्थानीय तहले पुलको काम गर्दै आइरहेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले बताए । ‘मानव अधिकार र सामाजिक अधिकार एक अर्काका परिपूरक हुन’, उनले थपे । ‘यसका लागि स्थानीय तहले पुलको काम गरिरहेका छन् ।’ उनले मानव अधिकारको प्रवद्र्धनका लागि जनप्रतिनिधिले नियम, कानूनको बारेमा जानकारी गराउँदै आएको उल्लेख गरे । बालविवाह ठूलो समस्याको रुपमा रहेको भन्दै उनले कानून विपरितका कार्य गर्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गराउने गरेको बताए । 

‘बहुविवाह र बालविवाहको हकमा विवाह दर्ता, जन्मदर्ता नगर्ने समेतका कारबाही वडा कार्यालयले गर्दै आएको छ’, उनले भने । स्थानीय स्तरबाटै मानव अधिकार रक्षा र प्रवद्र्धनको कार्य भएपछि  सो नगरपालिकामा मानव अधिकारको अवस्थामा धेरै सुधार भएको बताइएको छ । ‘यो नगरपालिकामा मानव अधिकारको अवस्था पहिल्यैदेखि रामं्रो थियो’, नगरपालिकाका कानून अधिकृत जयन्द्र ठकुल्लाले भने । ‘प्रवद्र्धनको कार्य बढेपछि अब अझ धेरै राम्रो भएको छ ।’ 

नगरपालिकामा घरेलु हिंसा, महिला हिंसा, बालबालिकामाथि हुने हिंसा लगायतका मानव अधिकार उलङ्घनको घटनामा कमी आएको ठकुल्लाले बताए । ‘यस्ता घटनाको उजुरी स्थानीय तहको न्यायिक समितिमा पहिले अलि बढी थियो’, सो समितिमासमेत रहेका उनले भने । ‘अहिले न्यून भएको छ । यसले नै अवस्थामा सुधार आएको पुष्टि हुन्छ ।’