कैलालीमा सञ्चारकर्मीमाथि आक्रमण, हात बाँधेको अवस्थामा उद्धार 
2020/05/30, 1:59
 
chaudhary

कैलालीको एक रेडियोमा कार्यरत सञ्चारकर्मीलाई आक्रमण भएको छ । टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत विफा चौधरीमाथि गए राती अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

टीकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राती उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चौधरीलाई उनकै कोठाबाट हात बाँधेको अवस्थामा उद्धार गरिएको बताउँदै घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए । उपचारपछि चौधरीलाई आमाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।