बुढीतोला सडकखण्ड भाँसिएको १० महिना पुग्दा समेत मर्मत कार्य भएन
2024/05/02, 2:59
 
ss

कैलालीको बुढीतोला सडकखण्ड भाँसिएको १० महिना पुग्दा समेत मर्मत कार्य भएको छैन् । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको लाइफलाइन भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको बुढी तोला सडकखण्ड पहिरो गएर भासिएको १० महिना पुग्दा समेत सडक मर्मत कार्य अझै शुरु गरिएको छैन ।

गत साउन २३ गते बर्षासगै पहिरो खसेर बुढी तोला सडकखण्ड भासिएको थियो । ४ सय मिटर पहिरो जाँदा ८० मिटर सडक भासिएको थियो । भासिएको सडक मर्मत भएपनि वर्षाका कारण यातायात सञ्चालनमा समस्या भैरहेको छ ।राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा बर्षातका बेला पटक पटक पहिरो जाने गरेको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुट्ने गरेको छ ।

अहिले सम्म पनि सडक पुनर्निर्माण नहुँदा यातायात आवागमनका कठिनाइ भएको चालकहरूको भनाई छ। सडकमा रहेको पहिरो पन्छ्याएर यातायात सञ्चालन हुँदै आएको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले सडकमाथिको भाग कटिङ्ग गर्ने र सडक तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुने गरि इनार निमार्णका डिपिआर तयार भएको बताए ।