कैलाली र कञ्चनपुरमा ब्युँतिए एमाले कार्यालय
2021/03/09, 12:11
 
ad

धनगढी : सर्वोच्च अदालतको आइतबारको फैसलापछि सत्तारूढ नेकपा साबिक एमाले र माओवादी केन्द्रमा अलग भएपछि जिल्लास्तरमा पार्टी छुट्याएर कार्यालय स्थापना गर्न थालिएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको छ ।

कैलाली र कञ्चनपुरमा पनि नेकपाको पार्टी कार्यालयमा नेकपा (एमाले) को बोर्ड लगाइएको छ । कैलालीमा नेकपा ऐमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद् पठानसिह बोहरा, नेता रतन थापा लगायतको उपस्थितीमा बोर्ड लगाइएको हो । 

उता कञ्चनपुरको महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपा लाई मेटाएर बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ ।

आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएकोमा सुदूरपश्चिमका अन्य जिल्लामा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बोर्ड लगाउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।