महाकाली नदीमा र्याफ्टिङ्ग
2021/03/22, 5:36
 
dad

नेपाल–भारतको सिमा नदी महाकालीमा र्याफ्टिङ्ग गरिएको छ। सोमबार विश्व पानी दिवसको अवसरमा डडेल्धुराको परशुराम धामदेखि खल्ला कञ्चनपुरको खल्ला मुसेट्टिसम्म र्याफ्टिङ्ग गरिएको हो।

महाकाली नदीमा जलयात्रा र्याफ्टिङ्गको सम्भाव्यता अध्ययन पछि र्याफ्टिङ्ग गरिएको परशुरामका नगरपालिकाले जनाएको छ। परशुराम धाममा नगरप्रमुख भिमबहादुर साउँदले परशुराम धामको धर्मद्वारबाट शाहसिक जलयात्रा (र्याफ्टिङ्ग) को विधिवत रुपमा उद्घाटन गरेका हुन्।

जलयात्रा सञ्चालनका लागि स्थानीय, प्रदेश, संघ सरकार र छिमेकी राष्ट्र भारतसँग समन्वय गरि साहसिक पर्यटकका लागि दीर्घकालिन रूपमा महाकालीमा र्याफ्टिङ्ग सञ्चालनका लागि पनि टेवा पुग्ने भएकोले सीमा नदीमा डडेल्धुराको परशुरामदेखि कञ्चनपुरको खल्ला मुसेट्टिसम्म र्याफ्टिङ्ग सुरू गरिएको नगरप्रमुख साउँदले बताए।