
जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान गरी परीक्षण उत्पादन सुरु भएको छ । केही दिनभित्रै नियमित उत्पादन सुरु हुने अस्पतालले जनाएको छ । शुक्रबार गरिएको परीक्षण उत्पादन सफल भएको बताइएको छ ।

आइतबारबाट नियमित उत्पादन जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले जानकारी दिए । अहिले अक्सिजन सोझै बिरामी राख्ने बेडसम्म पाइपमार्फत जडान गर्ने प्रणाली स्थापना गर्ने काम भइरहेको छ ।
केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05