सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक
 
hhh

धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८ गते हुने मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिता २०८३ प्रतियोगिताको मुख्य प्रायोजकमा धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा दिन सुरु गरेको सन्तति आईभिएफ सेन्टर बनेको हो । सेन्टर मुख्य प्रायोजक बनेसँगै प्रतियोगिताको नाम सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कप हुने भएको छ ।

नयाँ वर्ष २०८३ को शुभ अवसरमा समाजमा आपसी सद्भाव, भाइचाराको भावना अभिवृद्धि गर्ने तथा विभिन्न संघ–संस्थाबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनाको तयारीमा रहेकोमा सन्तति आईभिएफ सेन्टरले मुख्य प्रायोक बने साथ दिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए । फ्ल्याटल्याण्ड फुटसलमा हुने प्रतियोगितामा विभिन्न संघ संस्था, निजि संघसंस्थाहरुका साथै फर्महरुका टीमले भाग लिन पाउने छन् । प्रतियोगितामा ३० बर्ष उमेर पुगेका संघ संस्थाका पदाधिकारी र कर्मचारीहरुले मात्रै खेल्न पाउनेछन् । प्रतियोगिताको विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई नगद १५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक अधिकारी बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक बनेको सन्तति आईभिएफ सेन्टरले उत्कृष्ट प्रजनन केन्द्र निर्माण गर्दै निसन्तान दम्पतिको सन्तान प्राप्त गर्ने सपनालाई साकार बनाउन धनगढीमा सेवा सुरु गरेको छ । सन्तान प्राप्तिमा समस्या झेलिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना भएको केन्द्रले विश्वस्तरीय प्रजनन सेवा र आत्मीय हेरचाह प्रदान गर्ने जनाएको छ ।

केन्द्रमा आईभिएफ, आईयुआई, बाँझोपन सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श सेवा उपलब्ध रहेको छ । अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला, र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय उपचार दिईरहेको सेटरले जनाएको छ । सन्तति आईभिएफ सेन्टरले विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो सेवा उपलब्ध गराउने बताएको छ । अब प्रजनन उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ । केन्द्रमा बिरामीमैत्री वातावरण, गोपनीयताको पूर्ण सुनिश्चितता, र मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध रहेको जनाइएको छ । सेवाग्राहीलाई सहज बनाउन विशेष प्याकेज, नियमित स्वास्थ्य जाँच, र विशेषज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था पनि गरिएको छ ।