मोटीभेसनल सेमिनारका लागि हास्य कलाकार सन्दीप र क्याप्टेन लामा धनगढी आउँदै
2019/09/18, 1:22
 
hggh

धनगढी, २६ भदौ – हास्य कलाकार सन्दीप क्षेत्री र सिनियर क्याप्टेन विजय लामाले धनगढीमा प्रस्तुति दिने भएको छन् । शुक्रवार धनगढीको शुभश्री पार्टी प्यालेसमा हुने मोटीभेस्नल सेमिनारमा कलाकार क्षेत्री र सिनियर क्याप्टेन लामाले प्रस्तुति दिन लागेका हुन् ।

धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीको आयोजनामा उक्त कार्याक्रम हुन लागेको हो । ‘ईग्नाईट नेपाल २०१९’ मोटिभेसनल सेमिनार काठमाडौँको रक क्यासल स्टुडियोले देशव्यापी रुपमा गरिरहेको कार्यक्रममा धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीले आयोजना गर्न लागेका हुन् ।

सन्दीप नेपाली सिनेमा जगतमा हास्य कलाकार हुन् भने लामा नेपालका सिनियर क्याप्टेनका साथै कलाकार पनि हुन् । कार्यक्रममा सहभागीताका लागि आयोजकले एक सय रुपयाँ टिकेटको व्यवस्था गरेका जनाएको छ ।