
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्याँस गाउँपालिकाको वडा नम्बर १ को छांगरु र तिंकरमा नेपाल प्रहरीका डिआईजी प्रकाश अधिकारी नेतृत्वको टोलीले निरीक्षण गरेका छन् । भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेका हुन् ।

अहिले नेपाल प्रहरीको सीतापूलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नु परेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआईजी अधिकारी तिंकर प्रहरी चौकी पुगेका हुन् ।
निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए । कठिन परिस्थितिमा पनि प्रहरीले जनताको सेवामा खटिनुपर्ने भन्दै उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई निर्देशन दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46