
बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला परेका छन् । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका – ४ खत्री गाउँका एक जना जङ्गलमा मृत फेला परेका हुन । गाउँपालिकाको वडा नम्बर ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेको जनाएको छ ।

उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाईएको छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/21, 10:34
2024/12/03, 6:09
2021/05/10, 8:44
2021/12/05, 10:34