
बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो। उनको मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ।
त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

सोमबार परेको अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा उनीहरु वेपत्ता भएका थिए। लुहारको शव घटना भएको ठाउँबाट २० किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32