जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती ! बाढीबाट सतर्क रहन अनुरोध
2021/06/16, 10:08

डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती बलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षामापन गरिएको हो ।

स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहन विभागले अनुरोध गरेको छ ।
विभागको सूचनामा उल्लेख छ, ‘असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गैबडे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला ।’

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27