१ लाख पत्र अभियानमा धनगढी उपमहानगरपालिकाको साथ
2020/03/14, 5:32
 
help

बोलन्या थलीको पश्चिम सेतीका लागि १ लाख पत्र अभियानमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले सहयोग गरेका छन । उहाँले पत्र छपाईमा लाग्ने खर्चका लागि ३१ हजार सहयोग गर्नु भएको हो ।

मेयर वडले धनगढीका समाजसेवी युवा देबेन्द्र जोशीको जन्मदिनको अवसरमा सो घोषणा सहित पत्रमा हस्ताक्षर गर्नु भएको हो । बोलन्या थलीले शुरु गरेको प्रधानमन्त्रीलाई दबाब पत्रमा उपमहानगरपालिकाले एक्यवद्धता जनाएको छ ।

बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन केहीसाता अघि सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यको सुरुवात गरेको थियो । सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटै स्थानिय तहबाट पत्र संकलन कार्य भइरहेको संयोजक यादव जोशीले बताउनुभयो ।

त्यस्तै डोटीमा ७५० डोकासहित प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने थप दबाब समेतका कार्यक्रम रहेको जोशीले बताउनुभयो ।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल,नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सँग  संसदमा पश्चिम सेती बारे प्रस्ताव लगन छलफल गरे र सुदुरपश्चिम प्रदेशका चर्चित गाएकहरु उपस्थित सडक  संगीत र संघर्ष कार्यक्रम गरिसकेको छ ।