
भीरबाट लडेर एक जना बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका छन्।

असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए। उनी अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ।
खोजी कार्य जारी रहेको भए पनि भीर ठुलो र अफ्ठ्यारो भएकाले समस्या भएको बझाङका प्रमुख रुपक खड्काले बताए। हाल नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजिरहेको उनले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05